काठमाडौं,९ माघ ।
भारतको कोरोना भ्याक्सिन बनाइरहेको सीरम इन्स्टीट्यूट अफ इण्डिया एसआइआइको टर्मिनलमा आगो लाग्दा ५ जनाको ज्यान गएको छ । एसआइआइको टर्मिन १ को चौथो र पाँचौँ तलामा दुई पटक आगो लागेको छ । जसमा ९ जनालाई भने सुरक्षित बाहिरि निकालिएको छ । आगो नियन्त्रणमा लिएपछि खोजतलास गर्दा ५ जनाको शव जलेको अवस्थामा भेटिएको थियो ।