काठमाडौं,९ माघ ।
चितवनको भरतपुर महानगरकी मेयर रेनु दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो परिवारप्रति राजनैतिक हिंसा गरेको आरोप लगाउनुभएको छ । हिजो प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना छोरी–ज्वाइँका लागि मात्रै काम गरेको आरोप लगाउनुभएको थियो । यहि भनाइप्रति मेयर दाहालले गम्भीर आपत्ति जनाउदै यस्तो आरोप लगाउनुभएको हो । आफ्ना चाहानाहरु सबै त्यागेर जनताको हितमा लडेको भन्दै उहाँले व्यक्तिगत स्वार्थमा कहिल्यै नलागि सेवामा समर्पित भएको जिकिर गर्नुभयो । उहाँले बरु प्रधानमन्त्रीले आफ्ना गुटका आसेपासेहरुलाई भन्दा अरुका लागि केही नगरेको आरोप लगाउनुभयो ।