काठमाडौँ,०९ माघ ।
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव टेबल हुने भएको छ । आज १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव टेवल हुने नेकपा प्रचण्ड–माधव पक्षका सांसद राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड–माधव पक्ष गरी विभावित भएको छ । जसको असर ६ वटा प्रदेश सभामा प्रत्यक्ष देखिँदै आएको छ ।