काठमाडौं, ९ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राजदूत ¥यान्डी बेरीबीच बालुवाटारमा छलफल भएको छ। अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले शपथ लिएपछि बेरीले प्रधानमन्त्री ओलीलाई भेटे गर्नुभएको हो । बेरीले राष्ट्रपति भए लगत्तै निवर्तमान राष्ट्रपति डोलान्ड ट्रम्पले विदेशी राष्ट्रका लागि लिएका नीतिहरु परिवर्तन गर्ने घोषणा गर्नु भएको थियो । त्यसैबारेमा जानकारी दिन बेरी प्रधानमन्त्रीसँग छलफलका लागि पुगेको बताइएको छ।ट्वीट गर्दै बेरीले नयाँ राष्ट्रपतिको प्रशासनले नपालसँग कसरी साझेदारी गर्न खोजेको छ भन्ने विषयमा ओलीसँग छलफलका लागि भेटेको बताउनुभएको छ ।