भक्तपुर, ८ माघ।
प्रतिनिधि सभा विघटनको असंवैधानक र अलोकतान्त्रिक कदमको विरुद्धमा नेपाली कांग्रेस सुर्यबिनायक नगरपालिकाले आज विरोध कार्यक्रमको आयोजना गरेको छ । उपस्थित नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रमुख अथिति तथा नेपाली काँग्रेस केन्द्रीय आमन्त्रित सदस्य रमा पौडेलले कम्युनिस्टहरुले मन्त्रीमण्डलमा संविधानले दिएको अधिकार प्रयोग गर्न नदिएको र महिलाको अधिकार पनि मिचेको बताउनु भयो ।
साथै उहाँले भक्तपुर जिल्ला भनेको किसानहरूको जिल्ला भएपनि किसानहरूले बीउ नपाएको गुनासो पनि गर्नु भएको थियो। जिल्लाका हरेक गतिविधि हेर्ने गरेको बताउँदै उहाँले जनताको आवश्यकता र चाहनालाई पुरा गर्न अझै २ वर्ष बाँकी रहेकोले सरकारसँग पूरा गर्न आग्रह समेत गर्नुभएको छ ।
त्यस्तै वडा नं ६ का अध्यक्ष तथा क्षेत्रीय सचिव रामेश्वर ध्वजुले काँग्रेसको सडकमा आउने रहर नभएको तर सरकारले बाध्यता पारेको बताउनुभयो। बिरोध सभामा कांग्रेस भक्तपुर जिल्ला सदस्यहरु र सूर्यबिनायकका नगर सचिवहरु लागायत, नेता कार्यकर्ता तथा स्थानीयको उपस्थित रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य कांग्रेस वडा सदस्य राजेन्द्र त्वातीले गर्नुभएको थियो भने उद्घोषण दीप गिरी गर्नु भएको थियो।