काठमाडौँ, ०८ माघ ।
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा प्रतिगामी कदम भएको दावी गर्नुभएको छ । ओली पक्षको प्रेस संगठन नेपालको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अहिले प्रतिगामी र अग्रगामीबीच भीषण टक्कर भइरहेको बताउनुभएको हो । उहाँले चुनाव मार्फत नयाँ संसदको स्थापना गरेर मात्र मुलुक अग्रगमनमा जाने जिकिर गर्नुभयो । मन्त्री थापाले प्रतिनिधिसभा पुनःस्थापनाको कुरा गलत भएको पटक–पटक दोर्होयाउनुभयो । उहाँले नेकपा समर्थित पत्रकारलाई मध्यावधि निर्वाचनलाई नयाँ आन्दोलन र अभियानको रूपमा जनतालाई सचेत गराउन आग्रह गर्नुभयो ।