सुर्खेत, ०८ माघ ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ । आज कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभामा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो घोषणा गर्नुभएको हो । केहिदिन अघि बालुवाटारमा चिटी पठाएर स्पष्टिकरण मागेको भन्दै उहाँले ओलीले जवाफ दिने आँट नगरेको बताउनुभयो ।