भक्तपुर, ५ माघ ।
नेपाल रेडक्रस सोसाइटी नगरकोट उपशाखाको १५ औं साधारण सभाको सम्पन्न भएको छ । सभामा चाँगनारायण नगरपालिका वडा नं. ६का वडाअध्यक्ष सन्तबहादुर वाइबा, वडा नं. ७ का वडाअध्यक्ष ज्ञानबहादुर के.सी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषाध्यक्ष प्रदिप कुमार के.सी, श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रल्हाद बास्तोला, झझल्को बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मनोज गिरी र उपशाखाका सल्लाहकार निरञ्जन बजगाईंलगायतको उपस्थिति रहेको थियो । सभामा बिश्वभरि फैलिएको कोभिड–१९ को महामारीमा नगरकोट उपशाखाले सतर्कता र लगनशीलताका साथ आफ्ना क्षेत्रका बासिन्दाहरुलाई दिएको जनचेतना, सुरक्षाका उपाय, निर्मलीकरण (स्यानिटाइज)लगायतका उदाहरणीय कार्यहरु गरेको जानकारी दिइयो । सभामा नगरकोट उपशाखाले स्वास्थ्यका क्षेत्रमा गर्दै आएको कार्यको बारेमा पनि चर्चा गरिएको थियो । सभामा उपशाखाका सचिब श्रीराम लामिछानेले बार्षिक प्रतिबेदन पेश गर्नुभएको थियो ।