काठमाडौं,२९ पौष ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्ष प्रचण्ड–माधव र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पक्षबाट जवाफ प्राप्त भएको बताउनुभएको हो । पत्रमा केकस्ता विवरण छ भन्ने खुलेको छैन । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । भने प्रचण्ड–नेपाल पक्षका नेता लीलामणि पोखरेलको टोली पुगेको थियो । निर्वाचन आयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिनभित्र ‘सुधारिएको विवरण’ पेश गर्न भनेको थियो । आयोगले तोकेको म्यादको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ ।