काठमाडौं,२९ पौष ।
शहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड–माधव नेपाल पनि भित्रभित्रै चुनावको तयारीमा लागेको दावी गर्नुभएको छ । नेकपा सर्लाही जिल्ला कमिटीद्वारा सदरमुकाम मलङ्वामा आयोजित जिल्ला कार्यकर्ता भेलामा उहाँले नेपाली कांग्रेस र जसपासंगै माधव–प्रचण्ड समूह पनि आन्तरिक चुनावी तयारी गरिरहेको दाबी गर्नुभएको हो । उहाँले संसद पुनस्र्थापनाको माग राखेर गरिरहेको आन्दोलनलाई हात्तीको देखाउने दाँतको संज्ञा दिनुभयो । सबैको चाहना चुनाव नै भएकोले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई उहाँले निर्देशन समेत दिनुभयो । उहाँले बैशाख १७ र २७ गते चुनाव हुने दाबी समेत गर्नुभयो ।