काठमाडौं,२९ पौष ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ऊर्जा क्षेत्रको कामको निम्ति एमसीसी पर्खेर बस्न नहुने धारणा राख्नुभएको छ । आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको र एमसीसीमा विवाद उत्पन्न भएको अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि एमसीसी पर्खेर बस्न नहुने बताउनुभएको हो । विद्युत खपत र निर्यात गर्नुपर्ने आवश्यकता औल्याउदै उहाँले एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अन्य कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिनुभयो । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उहाँको भनाइ छ ।