काठमाडौं,२९ पौष ।
प्रतिनिधिसभा विघटनको मुद्दाको बहस आजपनि हेर्दाहेर्दैमा राखिएको छ । आज सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसकिएको भन्दै सर्वोच्चले अर्को पेसी आगामी शुक्रबारका लागि तोकेको हो ।
आजको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतले बहस गर्नुभएको थियो । रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत पूर्ण इजलासमा पठाउनुपर्ने बहस गर्नुभएको थियो भनेसरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गर्नुभएको थियो ।