काठमाडौं,२९ पौष ।
नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले संसद पुनःस्थापना विना चुनाव भएमा रक्तपात हुने बताउनुभएको छ । आज रिपोर्टर्स क्लब नेपालमा नेतृ कोइरालाले देशमा रक्तपात हुनबाट जोगाउन संसद पुनःस्थापनाको विकल्प नभएको बताउनुभएको हो । संसद विना देश अगाडि बढ्न खोजे अर्को दुर्घटना हुने भन्दै उहाँले संविधानलाई ट्रयाकमा ल्याउन जरुरी रहेको धारणा राख्नुभयो । ओली सरकार कामचलाऊ भएकाले भारतसँग गम्भीर र संवेदनशील विषयमा कुनैपनि सम्झौता गर्न नसक्ने उहाँको जिकिर छ ।