काठमाडौँ, २७ पौष ।
उत्कृष्ट डेब्यू नायिकाको अवार्ड सुहाना थापाले प्राप्त गर्नुभएको छ । १२ औँ राष्ट्रिय बक्स अफिस अवार्ड २०२० मा थापालाई यो अवार्डले सम्मान गरिएको हो । उहाँ अभिनित चलचित्र ‘ए मेरो हजूर ३’ सफल भएको थियो । चर्चित नायक अनमोल केसीसँग सहकार्य गर्नभएकी सुहानाले खेलेको चलचित्रलाई सुहानाकी आमा झरना थापाले निर्देशन गर्नुभएको थियो ।