काठमाडौँ,२७ पौष ।
भारतले आफ्नो नियन्त्रणमा रहेका एक चिनियाँ सैनिकलाई आज फिर्ता गरेको छ । पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा पार गरेर भारतीय सीमामा उक्त चिनियाँ सैनिक गतसाता भारत आइपुगेका थिए । उनलाई पांगोङ तालको दक्षिणी तटमा भारतीय सेनाले पक्राउ गरेको हो । भारत र चीन दुवैले वास्तविक नियन्त्रण रेखामा ठूलो संख्यामा सैनिक तैनाथ गरेका छन् । गत मे महिनादेखि त्यस क्षेत्रमा दुई देशबीचको तनाव जारी छ ।