काठमाडौँ,२६ पौष ।
पाकिस्तान सुपर लिग पीएसएल टी–ट्वान्टी क्रिकेटको ड्राफ्ट आज हुँदै छ । पाकिस्तानको लाहोरमा हुने ड्राफ्ट नेपाली समय अनुसार साँझ सभा ५ बजेबाट शुरु हुनेछ । ड्राफ्टमा नेपालका १० खेलाडी रहेका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लाटिनम क्याटेगोरीको ड्राफ्टमा रहनुभएको छ । यस क्याटेगोरीमा अनुबन्ध हुने खेलाडीले १ लाख ४० हजार देखि २ लाख ३० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् ।
यस्तै राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्कासहित अन्य ९ खेलाडी सिल्भर क्याटेगोरीको ड्राफ्टमा परेका छन् ।