काठमाडौँ,२३ पौष ।
इटालियन सिरी ए फुटबलमा इन्टर मिलान पराजित भएको छ । गएराति भएको खेलमा इन्टर मिलान साम्पडोरियासँग २–१ ले हराएको हो । साम्पडोरियासँग पराजित भएसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको इन्टरले १६ खेलमा ३६ अंक जोडेको छ । साम्पडोरिया २० अंक जोडेर ११ औं स्थानमा रहेको छ ।