काठमाडौं, १६ मंसिर ।
त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीको कारण बन्द रहेको स्कुल क्याम्पस भौतिक रुपमा उपस्थिती गराई सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्रिविले स्थानीय तहसँग सहकार्य गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरेर सकेसम्म विद्यार्थीलाई क्याम्पसमै उपस्थित गराएर कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । आज एक विज्ञप्ति जारी गर्दै त्रिवि रजिष्टारको कार्यालयले त्यस्तो आग्रह गरेको हो ।