काठमाडौं, १६मंसिर ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ बढेको जानकारी दिएको छ। महासंघले दिएको जानकारीअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५०० रूपैयाँले बढेको हो।
आज प्रतितोला ९० हजार रूपैयाँले कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार ५०० रूपैयाँ तोकिएको छ। यसैगरी तेजाबी सुनको भाउ तोलामा ९० हजार ५० रूपैयाँ तोकिएको छ । सुनको मूल्यसँगै प्रतितोला ३५ रूपैयाँ उकालो लागेको चाँदी एक हजार १५५ रूपैयाँ कायम भएको छ।