हामीसँग जोडिनुहोस

पछिल्लो २४ घण्टामा ३ हजार ९३ कोरोना संक्रमित फेला, २ हजार १ सय ८ जना कोरोनामुक्त

1 मिनेट

काठमाडौँ, ४ कार्तिक ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म १ लाख ३९ हजार १२९ संक्रमितको संख्या पुगेको बताउनुभयो । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४१ हजार ७५५ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा २ हजार १ सय ८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै निको हुनेको संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

 

 


ट्रेण्डिङ