हामीसँग जोडिनुहोस

कोरोना संक्रमित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न नेकपा नेता नेपालको माग

1 मिनेट

काठमाडौँ, ४ कार्तिक ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमित नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभएको छ । आज एक विज्ञप्तिमार्फत नेता नेपालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने जिम्मेबारीबाट सरकार पन्छिन नमिल्ने बताउनुभएको हो । संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा संक्रमित नागरिकलाई आफ्नो उपचार आफै गर्नु भन्ने निर्णय अनुचित भएको उहाँको भनाई छ । गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार संवेदनशील हुन नसकेको उहाँले टिप्पणी समेत गर्नुभयो । मुलुक कोभिड–१९ को महामारीबाट आक्रान्त भइरहेको र बिरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफै गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेता नेपालको भनाइ छ ।

 

 


ट्रेण्डिङ