हामीसँग जोडिनुहोस

होम आइसोलेसनमा भक्तपुरका कोरोना संक्रमितको ज्यान गयो

0 मिनेट

भक्तपुर, १ कात्तिक । कोरोना सङ्क्रमण पछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक पुरुष सङ्क्रमितको आज होम आइसोलेसन मै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी रहेका भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।

गतअसोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेकामा आज मृत्यु पछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रहोवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिनुभयो ।

 


ट्रेण्डिङ