हामीसँग जोडिनुहोस

“ह्याउँगु स्वां हाकुगु हि” नेपालभाषा कविता संग्रहको विमोचन

2 मिनेट

कविता संग्रहमा नेपालभाषामा लेखिएका तीस वटा कविता संग्रहित गरिएको जानकारी दिदै उहाँले जिगु भाय्, जिगु थाय् व जिगु देय्यात जिगु कवितालगायतले आफ्नो भाषा, आफनो ठाउँ र आफनो देशलाई बोकेको बताउनुभयो ।

क्तपुर, १ कात्तिक । थिमिको सामाजिक, भाषिक, राजनीतिक र सहकारी क्षेत्रमा चिनिएका व्यक्तित्व एवं मध्यपुरथिमिका बासिन्दा कवि नविनप्रकाश श्रेष्ठको नेपाल भाषाको कविता संग्रह “ह्याउँगु स्वां हाकुगु हि” विमोचन गरिएको छ ।

मध्यपुरथिमिको यचु पार्टी भेन्यूमा आयोजना भएको विमोचन कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य र डा. राजेन्द्रमान  श्रेष्ठ र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले “ह्याउँगु स्वां हाकुगु हि“ कविता संग्रहको संयुक्त रुपमा विमोचन गर्नु भयो । कार्यक्रममा कविकी आमा लक्ष्मीकेशरी श्रेष्ठले कविता स्रंग्रहको अग्रपृष्ठको पदार्पण गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा.श्रेष्ठले कविता संग्रह मार्फत सामाजिक बिसंगति र विकृतिका बिरुद्ध आवाज उठाएको चर्चा गर्दे कविताले जातीय उत्पीडन र भाषिक अधिकारकोवारे आवाज उठाएको बताउनुभयोे । राजनीतिक विकृतिवारे लेखिएका कवितामा सबै नेतालाई एउटै नजरबाट हेर्नु नहुने विचार राख्दै उहाँले सामाजिक कार्यमा उतिकै सक्रिय नविनप्रकाश श्रेष्ठ कविको रुपमा पनि देखिनु खुसीको विषय भएको बताउनुभयो ।

त्यसअवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले विमोचन कविता संग्रहको समिक्षा गर्दै मध्यपुर थिमिमा नेपालभाषा साहित्यमा प्रकाशित कविता संग्रहले भाषिक संरक्षण र साहित्यिक विकाशमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मध्यपुर थिमि नगरपालिका भाषा, संस्कृति र सम्पदा संरक्षणको क्षेत्रमा चर्चा गर्नु हुँदै कविताले उठाएका आवाजले आफुलाई थप जिम्मेवार बनाएको उहाले चर्चा गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मीले कविता संग्रहको समिक्षात्मक टिप्पणी गर्दै प्रकाशित कविता संग्रह नेपालभाषा साहित्यमा लामो समयपछि कोशेढुंगा सावित भएको उल्लेख गर्नुभयो । राष्टिय अभिलेखालयका निमित्त महानिर्देशक सौभाग्य प्रधानांगको सभापतित्वमा सम्पन्न कार्यक्रममा संग्रहबारे चर्चा गर्दै कवि श्रेष्ठले आफ्ना कविता मार्फत देशको वर्तमान् अबस्थाको चिरफार गर्ने प्रयास गरेको बताउनुभयो ।

कविता संग्रहमा नेपालभाषामा लेखिएका तीस वटा कविता संग्रहित गरिएको जानकारी दिदै उहाँले जिगु भाय्, जिगु थाय् व जिगु देय्यात जिगु कवितालगायतले आफ्नो भाषा, आफनो ठाउँ र आफनो देशलाई बोकेको बताउनुभयो ।

 


ट्रेण्डिङ