हामीसँग जोडिनुहोस

पार्टी र सरकार प्रभावकारी रुपले सञ्चालन हुनुपर्नेः कणर्ाली प्रदेश सचिव

1 मिनेट

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले कणर्ाली प्रदेशका दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गर्नुभएको छ । कणर्ाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि विवाद देखिएको थियो। दुवै पक्षका नेताहरुलाई काठमाडौं छलफलका लागि बोलाइएको थियो। बिहीबार र शुक्रबार प्रधानमन्त्री ओलीले कार्यव्यस्तताका कारणले छलफल गर्न नसकेपछि आज दुवै पक्षलाई बोलाएर छलफल गर्नुभएको हो । छलफलमा मुख्यमन्त्री शाहीसहितका नेताहरुले आ-आफ्ना कुराहरु राख्नु भएको थियो । सबैका कुरा सुनेपछि अन्तिममा प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेका थिए। प्रधानमन्त्रीले ओलीले सबैका कुरा सुनेपछि आफ्नो धारणा राख्नुभएको प्रदेश सचिव मायाप्रसाद शर्माले बताउनुभयो । छलफलमा आफूले पार्टी र सरकार प्रभावकारी रुपले सञ्चालन हुनुपर्ने धारणा राखेको उहाँले बताउनु भयो ।
छलफलमा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, कणर्ाली प्रदेशका सह-इन्चार्ज यामलाल कंडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाहीको सहभागीता रहेको थियो ।

 


ट्रेण्डिङ