२ बैशाख २०७७ काठमाडौं । कोरोना रोग विरुद्ध गरिएको लकडाउन घोषणा भएको २२ औं दिन पुरा भएको छ ।
चैत ११ गते विहान ६ बजेबाट सुरु भएको लक डाउन २२ औं दिनसम्म पनि जारी रहेको हो । लक डाउनका कारण राजधानी लगाएत मुलुकभरका सडक सुनसान रहेका छन् । विभिन्न ठाउँमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ । विगत दिन जस्तै अत्यावश्यक सेवा र पासबाहक गाडी बाहेक अन्य सवारी सञ्चालनमा आएका छैनन् । प्रहरीले लक डाउनका समयमा हिड्नेहरुलाई कारवाही गरिरहेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले तेस्रोपटक लक डाउन वैशाख ३ गतेसम्म जारी राख्ने बताएको छ । कोरोना भाइरसको संक्रमण जोखिमका कारण सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् । बैशाख ३ गतेपछि लक डाउन लम्बिन सक्ने संकेत सरकारले गरेको छ ।\